जि२० को बैठकले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने

  २०७३ भदौ १३ गते १०:०९     विकासन्युज

मस्को, १३ भदौ । चीनमा आगामी साता हुन लागेको जि२० को बैठकले विश्वको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाइएको छ । विश्लेषकहरुले यस बैठकले आगामी दिनमा कैयौँ मात्रामा थाँती रहेका प्रश्नहरुको जवाफ दिने अपेक्षा गरिएको पनि विश्लेषकहरुले बताएका छन् ।

रसियाका एकजना प्रमुख व्यापारिक नेताले पनि यस सम्मेलनले आर्थिक विषयमा बाँकी रहेका केही अनुत्तरित प्रश्नको जवाफ दिने जनाएका छन् । यस सम्मेलनको आयोजना चीनले गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीनले अयोजना गरेको यस सम्मेलनबाट विश्वलाई नै फाइदा पुग्ने अपेक्षा गरिएको ती प्रतिनिधिले जनाएका हुन् ।

रुसको प्रत्यक्ष लगानी कोषका निर्देशक किरिल दिमित्रीभ्ले यस सम्मेलनले थप आर्थिक लगानीका क्षेत्रहरुको सम्भावना खोज्नुका साथै जि२० मा संलग्न विश्वका देशहरुको समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए। जि २० को सम्मेलन यही सेप्टेम्बर ४ देखि ५ सम्म चीनमा आयोजना गरिएको छ । यस संगठनमा विश्वका आर्थिक एवम् औद्योगिक देशहरुको सहभागिता छ ।

दिमित्रेभले भने, चीनले विगतमा पनि विश्व अर्थतन्त्रको अवस्थाका साथै विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको समस्या समाधानका लागि पनि रचनात्मक भूमिका निर्वाह गरेको जानकारी गराए । विश्वका २० वटा यी आर्थिक सम्पन्न र औद्योगिक देशहरुको सहभागिता रहेको यस सम्मेलनले विश्वको अर्थतन्त्रको विकास, लगानीका लागि मैत्रीपूर्ण वातावरणको निर्माणका साथै आर्थिक बृद्धिका क्षेत्रमा आवश्यक पहल गर्ने बताइएको छ ।

रुस र चीन ठूला र आर्थिक सुविधा सम्पन्न मुलुक रहेका र यी दुई देशबीचको आर्थिक सम्बन्ध बिगतदेखि नै राम्रो रही आएको पनि उनले बताए । उनका अनुसार हाल यी दुई देशबीच करिब ६६ वटा आयोजना सञ्चालनमा रहेका छन् । ती आयोजनामार्फत करिब १०० अर्ब अमेरिकी डलर बराबरको लगानी भएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.