२०७९ असार २० गते १२:१७ विकासन्युज
काठमाडौं । एनआईबिएल एस क्यापिटलले आजीवन डिम्याट र मेरो सेयर नविकरण गर्ने योजनाको म्याद थपेको छ । क्यापिटलले असार १७ गतेसम्म लागु गरिएको यस अभियानलाई असार ३२ गते सम्मलाई थप गरेको हो ।
ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै २ हजारमा आजीवन डिम्याट र मेरो सेयर नविकरण गर्ने योजनाको म्याथ थपेको क्यापिटलले जनाएको छ ।
नयाँ तथा पुराना ग्राहकहरु दुवैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरो सेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने एनआईबिएल एस क्यापिटलले आग्रह गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.