अजोड इन्स्योरेन्सको पर्वतमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न

  २०७८ माघ २ गते १२:४६     विकासन्युज

काठमाडाैं । अजोड इन्स्योरेन्सको आयोजनामा पुस २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिकामा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।

जलजला गाऊपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।

कार्यक्रममा अजोड इन्स्योरेन्स अजोड इन्स्योरेन्सको पर्वतमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्नप्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा जानकारी दिएका थिए ।

सो कार्यक्रममा धाइरिङका कृषकहरुका साथै अजोड इन्स्योरेन्सका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.