२०७३ साउन १६ गते ५:०० विकासन्युज
काठमाडौं, १६ साउन । नेशनल माइक्रोफाइनान्सको नाफा २९६ प्रतिशतले बढेको छ । फाइनान्सले २०७३ असार मसान्तसम्ममा ४ करोड ८ लाख रुपैंयाँ नाफा कमाएको छ । यो नाफा २०७२ असार मसान्तमा कमाएको भन्दा ३ करोड २ लाखले बढि हो । कम्पनीले २०७२ असार मसान्तसम्ममा एक करोड ३ लाख नाफा कमाएको थियो ।
७ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड रुपैंयाँ रहेको छ । नेशनल माइक्रोफाइनान्सले ११ करोड ७५ लाख ब्याज आम्दानी गरेर ३ करोड २७ लाख ब्याज खर्च गरेको छ । सञ्चालन मुनाफा ६ करोड ४२ लाख रहेको कम्पनीले २ करोड ४७ लाख रुपैंयाँ कर्मचारीका लागि खर्च गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.