‘सिजि मेरिडिया’ प्रिमियम टिभी बजारमा

  २०७८ पुष २१ गते १८:५०     विकासन्युज


काठमाडौं । सिजि ब्राण्ड अन्तर्गत सिजिले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम टिभी बजारमा ल्याएको छ । आकर्षकताका लागि ‘डायमन्ड कट’ डिजाइन प्रयोग गरिएको यस टिभी रोमान्टिक आइफील टावरको स्ट्यान्डबाट प्रेरित सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो ।

कला र प्रविधिको उतकृष्ट मिलन मान सकिन्ने सिजि मेरिडियाको यस टिभी ‘बेजललेस डिजाइन’ जसले अगाडिको भागलाई पूर्ण रुपमा स्क्रीन मात्र बनाउन मद्दत पुर्याएको छ ।

प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सिजि ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।

बजारमा आएको यस ‘सिजि मेरिडिया’ अल मेटल फ्रेम टिभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको टिभी हो । यस टिभीको मूख्य आकर्षण ‘पूर्णरुपको स्क्रीन हो जसले गुणस्तर तस्वीर, फराकिलो दृश्य कोण, इन्टीग्रेटेड अडियो जस्ता बिशेषताहरू प्रदान गर्दछ । मेरिडिया टिभीको हो अर्को आकर्षक बिशेषता ‘स्ट्रीमलाइन कभर’ प्रविधि जसले ग्राहकलाई वेब एक्सेसको सुविधा प्रदान गर्दछ । उक्त टिभीमार्फत ग्राहकले सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जालमा प्रवेश गर्न पाउँनेछन् भने गुगल प्लेस्टोर र एपल स्टोरबाट आफूले चाहेको एप्सहरू डाउन्लोड गर्न सक्नेछन् । प्रिमियम उत्पादनहरूमध्ये एक पर्ने यस टिभीको इन ब्यूल्ट साउन्डबार स्पीकर पनि अर्को लोभलाग्दो पक्ष हो जसले ग्राहकलाई भर्चअलरुपमा घेर्ने, प्रष्ट र थियेट्रीक साउन्ड प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.