२०७३ साउन १३ गते ४:३३ विकासन्युज
काठमाडौं, १३ साउन । मिसन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ मा पाँच करोड १३ लाख नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आर्थिक वर्षमा कमाएको भन्दा दुई करोड ३२ लाखले बढि हो । बैंकले अघिल्लो आर्थिक वर्षमा जम्मा २ करोड ८१ लख नाफा कमाएको थियो ।
१९ करोड ४९ लाख चुक्ता पुँजी रहेको मिसन डेभलपमेन्ट बैंकको जगेडा कोषमा ६ करोड ८६ लाख रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २६ रुपैंयाँ ३६ पैसा रहेको छ । बैंकको खरा कर्जा शुन्य दशमलब शुन्य ७ प्रतिशत मात्रै रहेको छ । बैंकले ९ वटा शाखाहरुबाट सेवा प्रवाह गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.