रिडी र रैराङ हाइड्रोको सेयर कारोबार बन्द

  २०७८ कार्तिक २२ गते १४:४३     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको कार्त्तिक २२ गतेदेखि सेयर कारोबार बन्द भएको छ । दुई कम्पनी एक आपसमा गाभिने भएसँगै सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज ( नेप्से)ले दुई कम्पनीको सेयर कारोबार बन्द गरिदिएको हो ।

एक आपसमा मर्जमा जानको लागि दुई कम्पनीबीच कार्त्तिक १७ गते समझदारी पत्रमा हस्ताक्षर भईसकेको छ । र, समझदारी बमोजिम दुबै कम्पनीको सञ्चालक समितिबाट संयुक्त मर्जर कमिटी बनेको छ ।

हाल रिडी हाइड्रोको चुक्ता पुँजी ५८ करोड ५५ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय प्रतिकित्ता ८३८ रुपैयाँमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, रैराङ हाइड्रोको चुक्ता पुँजी ५६ करोड रुपैयाँ छ । कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता ५६३.१० रुपैयाँमा भएको थियो । र, बजार पुँजीकरण ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी, रिडी र रैराङ हाइड्रो दुबै कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा रहेको छ । दोश्रो बजारमा बन्द भएको यी दुई कम्पनीको सेयर कारोबार अब मर्जर प्रकृया सम्पन्न भई एकीकृत कारोबार भएपछि मात्रै गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.