२०७८ कार्तिक ९ गते १८:४८ विकासन्युज
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर आज (कात्तिक ९ गते) सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षारता कार्यक्रम संचालन गरी सम्पन्न गरेको छ ।
बैंकले देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै पहिलाे चरणमा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे ।
वचतको महत्व सिकाउन, बैंकिङ्ग कारोवार सम्बन्धि जन चेतनामुलक सन्देश प्रदान गर्न, विद्युतिय माध्यम द्वारा बैकिङ्ग कारोबार गर्न सिकाउन, बैंकिङ्ग प्रणाली मार्फत आर्थिक कारोवार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैंकिङ्ग सेवा सम्वन्धि जनचेतना सृजना गर्ने उद्देश्यका साथ विशेष गरी बैंकिङ्ग सुविधा प्राप्त गर्न नसकेका विद्यार्थी तथा जनसमुदायलाई लक्षित गरी यस सम्बन्धि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएकाे छ ।
बैंककाे अनुसरा देशभर रहेका सम्पूर्ण ९८ शाखा कार्यालयहरुबाट आजको दिन लगभग ६५००. जनाले उक्त कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रमले बैंकको शाखा कार्यालय रहेका क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुगेको विश्वास बैंकले लिएको जनाएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.