२०७८ असोज २४ गते १४:२९ विकासन्युज
काठमाडौं । नेपालको लागि भ्वाक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेसनलले दशैंलाई लक्षित गर्दै दुई आकर्षक योजना ल्याएको छ । कम्पनीले दशैंलाई लक्षित गर्दै भोल्कसवागन सुप्राइज स्कीम ल्याएको हो ।
यो योजना भ्वाक्सवागनको पोलो र भेन्टो कारमा लागु हुने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गन भ्वाक्सवागनको पोलो र भेन्टो कार खरिदकर्ताले लक्की ड्र मार्फत आकर्षक उपहार जित्ने सक्नेछन् । उनीहरुले उपहार स्वरुप बिएमडब्लु जि ३१० जिएस मोटरसाइकल, सुजुकी बर्गम्यान स्कुटर र ३ जनाले सामसुङ ग्यालेक्सी जेड फिल्प फोन पाउनेछन् ।
यसका साथै कम्पनीले टाइगुनको टेष्ट ड्राइभ र एक्सचेन्ज क्याम्प संचालन गरिरहेको छ । गत शुक्रबारबाट संचालन भएको यो क्याम्प भोली सकिँदैछ ।
यस्तै, कम्पनीले भर्खरै मात्र बजारमा ल्याएको भ्वाक्सवागन एसयुभी टाइगुनको लागि एक महिना लामो कार्निभल फेष्ट संचालन गरिरहेको छ । उक्त कार्निभल फेष्ट अविधचर ग्राहकले नगद छुट, लायलटी बोनस, फ्रि एक्सेसोरिज, यो आर्थिक वर्षको सडक कर र दुई वर्षसम्मको वारेन्टी, एक्सचेन्ज बोनस र सजिलै फाइनान्सिङ्को सुविधा पाउनेछन् ।
कम्पनीले फेष्टमा फेस पेन्टिङ्ग, विभिन्न रोमान्चक खेलका साथै सेलिब्रेटीसँगको भेटघाटको पनि व्यवस्था गरेको छ । यतिमात्र नभएर छोराछोरीसँग मेलामा आएकाे परिवारले गोसाइकुण्डका लागि हेली राइड जित्न सक्नेछन् ।
जर्मन प्रवविधीबाट बनेको भ्वाक्सवागनको नयाँ एसयुभी टाइगुनमा ४० भन्दा बढी सेफ्टी फिचरहरु रहेको छ । कम्पनीले यसको सुरुवाती मुल्य ५० लाख ९० हजार तोकको छ । यो गाडी शहर, हाइवे र अफरोडमा चलाउनु निकै सजिले र आरमदायी हुने कम्पानीको दावी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.