२०७८ असोज १३ गते १८:०४ विकासन्युज
काठमाडाैं । महामरीकाे समयमा सहयाेग गर्ने सबैलाई सम्मान गर्दै काेकाकाेलाले धन्यवाद लेखिएकाे नयाँ बाेतल बजारमा ल्याएकाे छ । कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दशैंलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो ।
यसको मुख्य आशय कोभिड-१९ को महामारीको कठिन समयमा सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई कोकको बोतलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको कम्पनीले बताएकाे छ ।
कोकाकोलाले सहयात्री बनेका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्न आमा, बुबा, दाई, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि भनि ८ वटा नयाँ लेबल ल्याएकाे कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताए । उनले यसपालिको दसैँ महामारीका समयमा प्रोत्साहित र प्रेरित गर्नेकाे परिवारका सदस्य र साथीहरु प्रति अभार व्यक्त गर्दै मनाउन कोकाकोलाले अनुराेध गरेको बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.