बीमा क्षेत्रले दुई महिनामै उठायो साढे ३४ अर्ब प्रिमियम, सबैभन्दा बढी जीवन बीमाको

  २०७८ असोज ११ गते ११:४८     विकासन्युज

काठमाडौं । नेपालको बीमा क्षेत्रले दुई महिनामै साढे ३४ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले गत साउन र भदौ मसान्तसम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरिरसकेका छन् ।

जुन गत वर्षको भन्दा ३४.२२ प्रतिशत बढी हो । समितिको तथ्याङ्क अनुसार निर्जीवनभन्दा जीवन बीमा कम्पनीले बढी प्रिमियम उठाएका छन् ।

समीक्षा अवधिमा जीवन बीमा व्यवसायबाट २८ अर्ब १३ करोड रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ६ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । जुन गत वर्षको तुलनामा क्रमशः ३४.२४ र ३४.१३ प्रतिशतले बढी हो । २०७७ भदौमा जीवन बीमा कम्पनीले २० अर्ब ९६ करोड र निर्जीवन बीमा कम्पनीले ४ अर्ब ७७ करोड रूपैयाँ मात्रै बीमाशुल्क उठाएका थिए ।

त्यस्तै, भदौ महिनासम्ममा जीवन बीमा कम्पनीले ८७ लाख ९६ हजार ८८ वटा र निर्जीवन बीमा कम्पनीले ४ लाख ७३ हजार २३४ वटा बीमालेख जारी गरेका छन् । जुन २०७७ भदौको तुलनामा क्रमशः १०.८४ र ७.६६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३९ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको भदौको तुलनामा १७.९६ प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १५.९९ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.