२०७८ असोज ४ गते १२:४६ विकासन्युज
काठमाडाैं । तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएकाे छ । साे सम्बन्धमा क्यापिटल र तेह्रथुम पावर कम्पनीबीच बिहीबारको द्विपक्षीय सम्झौता भएको हाे ।
उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका हुन् ।
हालै आईपीओ जारी गरेको तेह्रथुम पावर कम्पनीको चुक्ता पुँजी ४० करोड रूपैयाँ पुगेको छ । जसमध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बाँकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण ९आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत० नेपाली नागरिकहरुबाट कम्पनीको पुँजी उठाईएको छ ।
कम्पनीले अब छिट्टै नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने जानकारी दिएकाे छ । यससँगै लगानीकर्ताले संस्थाको सेयर किनबेच गर्न पाउने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.