२०७८ भदौ ३१ गते ११:१८ विकासन्युज
काठमाडौं । बिहीबार सेयर कारोबार खुलेको १० मिनेट नबित्दै नेप्से परिसूचक ५२ अंकले घटेको छ । नियमित सयम ११ बजे खुलेको बजार ११ बजेर १० मिनेट नबित्दै ५२.५४ अंकले घटेर २८३६.५० बिन्दुमा झरेको छ ।
जुन अघिल्लो दिनको तुलनामा पौने २ प्रतिशतले घटी हो ।
यो अवधिसम्म १४५ कम्पनी सेयर कारोबारमा आइसकेका छन् । उक्त कम्पनीको ७ लाख ७ हजार ३४० कित्ता सेयर ४२ करोड ९१ लाख रुपैयाँमा किनबेच भइरहेको छ ।
अधिकांश बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर बढाएर नयाँ सूचना प्रकाशित गरेसँगै त्यसको नकारात्मक प्रभाव बिहीबारको बजारमा परेको हो । बिहीबार मात्रै वाणिज्य बैंकमध्ये १७ वटाले पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.