पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश घट्यो

  २०७८ भदौ २३ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । यसअघि २० प्रतिशत लाभांश दिने भन्दै प्रस्ताव गरेको कम्पनीले अब भने १९ प्रतिशत मात्रै दिने घोषणा गरेको हो ।

बीमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि कम्पनीले यसअघि प्रस्तावित नगद लाभांशमा परिवर्तन गरेको हो । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बीमा समितिको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो ।

यसअघि १६.५० प्रतिशत बोनस सेयर र कर तिर्ने रकमसहित ३.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । समितिको निर्देशनपछि नगद लाभांश २.५० प्रतिशतमात्र झारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.