२०७७ फागुन १२ गते ११:०८ विकासन्युज
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको सुन बुधबार ३ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँ पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । मंगलबार ८९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको सुन ३ सय रुपैयाँ घटेर ८९ हजार ३५० पुगेको छ ।
महासंघको अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.