काठमाडौंमा जब फेयर हुने, ३ हजारलाई रोजगारी दिने एस्पायर जब्सको दावी

  २०७७ पुष २९ गते १४:३३     विकासन्युज

काठमाडौं । काठमाडौंमा नेपाल जब फेयर–२०२१ को आयोजना हुँदैछ । एस्पायर जब्सले भोली बिहिबारदेखीदेखी आयोजना गर्न लागेको जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ । रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीलाई एकै स्थानमा भेला गराउने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको हो । यस फेयरले कामको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीबिच सिधै छलफल, अन्र्तक्रिया गर्ने अवसर जुराउँदैछ ।

यसमा करिब फेयरमा एक सय भन्दा बढी रोजगारदाता कम्पनीको सहभागिता रहनेछ । आयोजक एस्पायर जब्सले ३ हजार बढीलाई रोजगारी प्रदान गर्ने दावी गरेको छ । फेयरमा भर्चुअल तथा भौतिक रुपमा सहभागी बन्न सकिनेछ । कम्पनीले अन्तवार्ताका माध्यमबाट दक्ष कामदार छनौट गर्नेछन् । फेयरमा हस्पिटालिटी, एभियसन, उद्यमशीलता, वैदेशिक अध्ययन लगायत विविध क्षेत्रसँग सम्बन्धित करिअर सेमिनार सेसनहरु चल्नेछन् । अशक्त नागरिकहरुका लागी विशेष अवसर रहेको आयोजकले बताएको छ । यस बाहेक कार्यालय सहयोग, रिसेस्सनिष्ट, कल सेन्टर एजेन्ट, डाटा इन्कोडर जस्ता क्षेत्रमा जागिरको अवसर रहेको छ ।

काठमाडौंको सोल्टि क्राउन प्लाजामा  फेयर सञ्चालन हुने छ । यस फेयरमा राजनीतिक विश्लेषक एवं अर्थशास्त्री हरि रोका, रोजगार विज्ञ प्रा.डा.रमेशप्रसाद कोइराला, नेपाल विद्युत प्राधिकरकणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नोट स्पिकरका रुपमा रहनेछन् । यस्तै सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

आयोजक एस्पायर जब्सका अनुसार यो नेपालकै ठूलो मानव शंसाधन सम्बन्धीको फेयर हो । यस कार्यक्रमलाई नर्दन लाइट् एकेडिमी अफ एभियसन एण्ड टेक्नोलोजी, इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोल्युसनले प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.