२०७७ कार्तिक २६ गते १६:४० विकासन्युज
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५९६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५९६ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २ हजार ३२९ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या ३८ हजार ९१२ पुगेकाे छ ।
नेपालमा आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १६६६ जना निकाे भएसँगैं हालसम्म १ लाख ६२ हजार २४३ जना निकाे भएर घर गइसकेका छन ।
पछिल्लाे २४ घण्टामा २६ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११७४ पुगेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.