वेस्टर्न युनियनकाे दशैंको सौगात, भाग्यशाली विजेतालाई १० लाख उपहार

  २०७७ कार्तिक ३ गते २२:३६     विकासन्युज

काठमाडाैं । दशैं तिहारको अवसरमा वेस्टर्न युनियनले ‘दशैंको सौगात’ प्रबद्र्धन योजना ल्याएको छ । यो योजनामा ग्राहकहरुले कात्तिक १ देखि मंसिर २७ गतेसम्म सहभागी जनाउन सक्नेछन् । साथै साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटयान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार रुपैयाँ जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू गरिने कम्पनीले जनाएकाे छ ।

यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक ( स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुने र यसमा १ जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ नगद जित्ने कम्पनीले जनाएकाे छ । लक्की ड्र को विजेता १६ डिसेम्बरमा घोषणा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.