कात्तिक २ गतेदेखि राजधानीमा अत्यावश्यक सेवा मात्र चल्ने

  २०७७ असोज ३० गते २२:०८     विकासन्युज

काठमाडौं । कात्तिक २ गतेदेखि राजधानीमा अत्यावश्यक वाहेकका सेवाहरु बन्द हुने भएका छन् । शुक्रबार ललितपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कात्तिक दुई गतेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि अत्यावश्यक वाहेकका सेवा बन्द हुने जनाएका छन् ।

जिल्लाकाे कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा सो निर्णय भएको जनाएको छ।

‘कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ’ जिल्ला प्रशासन कार्यालयले ललितपुरले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ।

लतिलपुरकाे याे निर्णयसँगै काठमाडाैं र भक्तपुर जिल्ला प्रसाशन कार्यालयले पनि २ गतेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्न सक्ने अनुमान गरिएकाे छ । यी तीन जिल्लाकाे यातायात पूर्वाधार, जनस्तरकाे सम्बन्ध अन्तरनिर्भर जस्तै रहेकाेले एउटा जिल्ला बन्द हुँदा अर्काे जिल्ला पनि नराम्ररी प्रभावित हुने गरेकाे छ ।

पछिल्लाे समय काठमाडाैं, भक्तपुर र ललितपुर काेभिड १९काे हट स्पाेट भएकाे छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.