एनएमबि बैंक ५ अर्ब लगानी रहेकाे सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

  २०७७ असोज ३० गते १४:४६     विकासन्युज

काठमाडाैं ।  एनएमबि बैंकले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।

गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुछ्रे गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गर्दैछ । यस परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् ।

२५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब रहेको छ । जसमध्ये बैकहरुको लगानी कुल ३.५० अर्बको हुनेछ । यो आयोजनासमेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.