२०७७ असोज १९ गते १६:५५ विकासन्युज
काठमाडौं । जगदम्बा मोटर्स र दराज एपबीच व्यवसायीक सम्झौता भएको छ । यी दुई कम्पनी बीच भएको सम्झौताले दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने कम्पनिले जनाएकाे छ ।
दुवै कम्पनीले गरेको सम्झौताले दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवाती २० जनाले ५ हजार ५०० रुपैयाँ बराबरको स्पेशल डिस्काउन्ट भौचर प्राप्त गर्न सक्ने छन् ।
यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने मध्य एक जनाले टिभिएस आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने छन् ।
कम्पनीले संचालन गरेको ‘टिभिएस दशैंको आशा’ योजना अन्तर्गत दिइएको मोटरसाइकलमा ९ हजार छुट र स्कुटरमा ७ हजार छुटको स्कीम ग्राहकले दराजमा पनि पाउने छन् । साथै, कम्पनीले हरेक हप्ता गर्दै आएको बम्पर लक्की ड्र मार्फत टिभिएस आरआर ३१० मोटरसाइकल जित्ने अवशर पनि प्राप्त गर्ने छन् । यस लक्की ड्रमा सहभागिता जनाउन भने टिभिएको मोटरसाइकल तथा स्कुटर किनेकै भने हुनुपर्ने छैन । मोटरसाइकल तथा स्कुटर खरिद नगर्ने मानिसले पनि यस लिंकमा गएर फारम भरेर सहभागि हुन सक्ने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.