काठमाडौंमा बन्ने तीन फ्लाई ओभरको निर्माण प्रक्रिया अगाडि बढ्यो

  २०७७ असार १७ गते १६:१२     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएका तीन फ्लाई ओभरको निर्माण प्रक्रिया अगाडि बढेको छ । उपत्यकाको अस्तव्यस्त सवारी साधनको चापलाई व्यवस्थापनsf लागि बन्ने भनिएक फ्लाई ओभरको निमार्ण कार्यको प्रक्रिया अगाडि बढेको हो ।

सरकारले व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न तीन फ्लाई ओभर निर्माण गर्न लागेको हो । विभागले चक्रपथको केटेश्वर–कलंकी खण्डमा पर्ने ग्वार्को, सातदोबाटो र नख्खु चोकमा फ्लाई ओभर बनाउन लागेको हो बताएको छ ।

सडक विभागका सुचना अधिकारी शिव हरी सापकोटाले तीन स्थानमा फ्लाई ओभर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि आशयपत्र माग गरिएको बताए ।

‘तीन फ्लाई ओभरको निर्माण कार्य गर्नको लागि हामीले आशय पत्र माग गरेका छौं, उतिको छनोट गरेर हामी छिटोभन्दाम छिटो काम अगाडि बढाउने छौं,’ उनले भने ।

उनका अनुसार ‘फ्लाई ओभर’ निर्माणको डिजाइन तथा सर्वेका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । साउन महिना भित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुने विभागले बताएको छ ।

उनले चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए ।

‘परामर्शदाता चयनका लागि बोलपत्र आह्वान गरिएकोमा चारवटा नेपाली कम्पनीको प्रस्ताव प्राप्त भएको छ, प्राप्त प्रस्तावमध्ये अहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको छ, प्राविधिक मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीको आर्थिक मूल्यांकन गरी छनोट गरिनेछ,’ उनले भने ।

भीडभाड र ट्राफिक व्यस्त हुने चोकमा फ्लाई ओभर बनाउन लागिएको उनले बताए । डिजाइन गर्न परामर्शदाता छनोट प्रक्रिया अघि बढाइएकाले अहिले नै फ्लाई ओभर बनाउन कति लागत लाग्छ भन्ने बताउन नसकिने सापकोटा बताउँछन् ।

डीपीआरमै फ्लाई ओभरको लागत अनुमान थाहा हुने उनले बताए । त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चाप कम गर्न यसअघि नै जापानी सहयोग नियोग (जाइका) ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा ‘फ्लाई ओभर’ बनाउने सुझावसहितको प्रतिवेदन सरकारसमक्ष बुझाइसकेको छ । यो ‘फ्लाई ओभर’ निर्माणसँगै त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने सो प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँको ट्राफिक व्यवस्थापनमा सबभन्दा ठूलो समस्याका रूपमा रहेको कोटेश्वर–जडीबुटीमा ‘फ्लाई ओभर’ निर्माणको चर्चा पटक पटक भए पनि काम अगाडि बढ्न सकेको छैन । यो क्षेत्रको जाम हटाउन तथा ट्राफिक व्यवस्थापनबारे जापानी सहयोग नियोग (जाइका)ले यसअघि नै अध्ययन गरी विभिन्न सुझावसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर काम अगाडि बढ्न सकेको छैन ।

आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत चक्रपथका तीन स्थानमा नेपालकै पहिलो ‘फ्लाई ओभर’ निर्माण गरिने भनेर उल्लेख गरिएको छ । फ्लाई ओभर चार लेनको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.