प्रधानमन्त्रीको राजिनामा मागप्रति गोकुल बाँस्कोटाको आपत्ति, किन भने यस्ताे ?

  २०७७ असार १६ गते २०:२३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि उनका विश्वासपात्र गोकुल बाँस्कोटाले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले प्रधानमन्त्री ओलीमाथि योजनावद्ध किसिमले हमला भइरहेकेा बताएका छन् ।

पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले यसलाई बदनाम, आक्रमण र ध्वस्त भनेका छन् । उनले लेखेका छन्, ‘अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ । उनले बाँकी घटनालाई धैर्यपूर्वक हेर्न भनेका छन् ।’

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीका कमजाेरी हाेलान् तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियाेजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन् । बदनाम,आक्रमण र ध्वस्त चरणहरु यीनै हुन्।बाँकी धैर्यतापुर्वक हेराैं।अरुलाई पुर्ने खाल्डाे खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.