कोरोनाको प्रभाव कम भएका जिल्लामा गाडी चल्ने, उच्चस्तरीय समितिको प्रस्ताव यस्तो छ

  २०७७ जेठ २३ गते १६:३६     विकासन्युज

काठमाडाैं । अब कोरोना भाइरसकाे प्रभाव कम भएका जिल्लामा सवारी साधन चल्ने भएका छन् । कोरोना भाइरस सम्बन्धि उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) काे असर कम भएका सिमित जिल्लाहरुमा सवारी साधन चलाउन पाइने प्रस्ताव अघि सारेको छ ।

समितिले एक सयभन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको हो । समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना पनि बनाएको छ ।

समितिले असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ । त्यसैगरी असार १ गतेदेखि आधा यात्रुहरु मात्र चढाउने गरी अन्तरिक हवाई सेवासमेत सञ्चालन गर्ने प्रस्ताव उच्चस्तरीय समितिले तयार पारेको छ ।

एक सयभन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.