२०७७ जेठ २३ गते १४:०९ विकासन्युज
काठमाडाैं । काठमाडौं महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ । कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ ।
सम्झौतामा कामपाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् । कारोना भाइरस (कोभड–१९) को प्रतिकूल समयमा पनि सेवाग्राहीका बीचमा बसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको हो कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने ।
सम्झौताबमोजिम आगामी वर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा एक लाख रूपैयाँ प्राप्त हुनेछ । प्रतिव्यक्ति ६०० रूपैयाँ शुल्क तिरेर एक वर्षका लागि बीमा गरिएको हो ।
हाल कामपामा १६० जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक छन् । यसैगरी स्थायी, अस्थायी, करार र सञ्चार क्षेत्रमा काम गर्ने गरी एक हजार ७९२ जना जनशक्ति कार्यरत रहेका छन् । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.