सञ्चालनमा आएको दुई दिन नबित्दै दक्षिण कोरियाका विद्यालयहरू बन्द

  २०७७ जेठ २० गते ९:१४     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको रफ्तार बढेपछि विद्यालय बन्द गरिएको हो ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम घटेपछि दक्षिण कोरियामा गत बुधबारबाट विद्यालय सञ्चालन गरियो । हजारौँ विद्यार्थी विद्यालय पुगे । तर भोलिपल्ट ७९ जना नयाँ सङ्क्रमित फेला पर्यो । पछिल्लो दुई महिनामा दक्षिण कोरियामा यति धेरै सङ्ख्यामा सङ्क्रमित फेला परेको पहिलो घटना हो ।

अधिकांश सङ्क्रमित सियोलबाहिरको बुकन शहरको एक वितरण केन्द्रसँग सम्बन्धित छन् । शहरको सबै २ सय ५१ विद्यालय बन्द गरिएको छ । राजधानी सियोलमा निर्धारण गरिएको १ सय १७ विद्यालय सञ्चालन हुनुपूर्व नै पुनः बन्द गर्न सूचित गरिएको छ ।

सियोलको एक विद्यालयमा अध्ययनरत एक छात्रमा सङ्क्रमणको पुष्टि भएको छ । छात्रकी आमा बुकनस्थित वेयरहाउसमा कार्यरत हुनुहुन्छ । सियोल शहर र वरिपरिको सार्वजनिक पार्क तथा सङ्ग्रहालय बन्द गरिएको छ । भिड गर्न नहुनेमा जोड दिइएको छ ।

सन् २०१९ को अन्त्य तथा जनवरी महिनामा दक्षिण कोरिया विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्रको रुपमा देखा पर्यो । तर ‘ट्रेस, टेष्ट र ट्रिट’को नीति कठोरतापूर्वक लागू गर्दा कोरिया एक महिनाभित्रै सङक्रमण नियन्त्रणमा ल्यायो ।
शुक्रबार ५८ जना नयाँ सङ्क्रमित फेला पर्यो । दक्षिण कोरियामा सङ्क्रमित हुने ११ हजार ४ सय २ पुगेको छ । २ सय ७२ जनाकाे मृत्यु भएकाे छ । (गाेरखापत्र दैनिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.