आरबीबीको सञ्चालक समिति श्रेष्ठको कार्य प्रगतिप्रति उत्साहित, उनी नै सीइओमा दाेहाेरिए

  २०७६ चैत २७ गते १९:२३     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः किरण कुमार श्रेष्ठ नियुक्त भएका छन् । उनी बैंकमा चार वर्षका लागि पुनः  सीईओकाे रूपमा नियुक्त भएका हुन् ।  राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले उनलाई पुनः सीईओमा  निरन्तरता दिने निर्णय गरेकाे हाे ।

याे सँगै राष्ट्रिय वाणिज्य बैंकमा उनकाे सीईओकाे रूपमा दाेस्राे कार्यकाल भएकाे छ । श्रेष्ठ पहिलो कार्यकाल राष्ट्रिय वाणिज्य बैकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने दोश्रो प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकले उनकाे कार्यकालमा उल्लेख्य प्रगति गरेकाे भन्दै पुनः उनलाई नै दाेहाेर्याउने निर्णय गरेकाे हाे।

सीइओ श्रेष्ठको कार्यकाल सकिनु अघि अर्थमन्त्रालयबाट बैंकको संचालकको रुपमा प्रतिनिधित्व गरिरहेका धनिराम शर्माको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको थियो । सोही समितिले  श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकमा सीइओको रुपमा आउनुअघि गरेको सम्झौता र सोअनुसार काम भए या नभएको विषयको मूल्यांकन गरेको बताइएकाे छ ।

उनले बैंककाे प्रगतिमा धेरै राम्राे राम्राे काम गरेकाे देखिएपछि साे समितले उनलाई नै सीईओकाे रूपमा दाेहाेर्याउने निश्कर्षसहित पुनः सीईओमा निरन्तरता दिने निर्णय गरेकाे हाे । उनकाे कार्यकाल सकिनुअघि साे समितिले  उनीसँग आगामी चार वर्षका लागि समेत विजिनेश प्लान पनि मागेको थियो ।

श्रेष्ठले दिएको विजिनेश प्लानको विषयमा समेत अध्ययन गरेपछि उनलाई नै सीइओको रुपमा निरन्तरता निश्कषमा समिति पुगेकाे बुझिएकाे छ ।  श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकमा सीईओकाे रूपमा आइसकेपछि धेरै प्रगति भएकाे छ । खरावकर्जा घट्नेदेखि प्रविधिगत क्षेत्रमा बैंक अगाडि देखिएकाे छ ।  उनकाे नेतृत्वमा नै बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.