२०७६ चैत २५ गते १६:२७ विकासन्युज
काठमाडौं । आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।
हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.