कोरोना संक्रमित आठै जनाको स्वास्थ्य सामान्य: प्रवक्ता डा. विकास देवकोटा

  २०७६ चैत २५ गते १६:२७     विकासन्युज

काठमाडौं । आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आठैजना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।

हालसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.