लक्ष्मी बैंकले प्रत्येक प्रदेशलाई दियो १०-१० लाख रुपैयाँ
२०७६ चैत २५ गते १६:२५ विकासन्युज
काठमाडौं । लक्ष्मी बैंकले कोरोना रोकथामको लागि प्रत्येक प्रदेशलाई १०-१० लाख रुपैयाँ दिएको छ । बैंकले देशभरका ७ वटै प्रदेशको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० लाखकाे दरले कुल ७० लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम प्रदान गरेकाे हाे ।