२०७६ चैत २४ गते १७:५७ विकासन्युज
काठमाडौं । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
उक्त सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यून आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग पुग्ने संघको विश्वास छ ।
सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐक्यवद्धता स्वरुप आर्थिक सहयोग गरिएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।
साथै, यस कोरोना भाइरसको माहावारीबाट नेपालको पर्वतीय पर्यटन क्षेत्रमा प्रत्यक्ष असर परेको संघले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.