चेम्बर अफ कमर्सद्वारा विभिन्न जिल्लामा नगद सहित खाद्यान्य सहयोग

  २०७६ चैत २१ गते १३:०८     विकासन्युज

काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद सहयोग गरेको छ । साथै, चेम्बरले माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालबाट नेपाल प्रहरी महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालय नक्सालमा ५ हजार थान माक्स हस्तान्तरण गरिएको छ । त्यस्तै, गोदावरी चेम्बर अफ कमर्सले नगरपालिकाको विपत कोषमा खाद्यन्न सहयोग गरेको छ । यसले एक टन चामलको सहयोग गरेको छ ।

दाङ देउखुरीको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले अगलागी पिडित तारा कार्की (विष्ट) तथा रमेश कार्कीलाई नगद १३ हजार २ सय ७० रुपैया सहयोग गरेको छ ।

त्यसैगरी, देवदह चेम्बर अफ कमर्सले २५ हजार ५ सय ५५ रुपैया नगरपालिकालाई हस्तान्तरण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.