२०७६ चैत १८ गते १६:५७ विकासन्युज
काठमाडौं । कोरोनाको त्रासमा अस्पतालहरुलाई अन्य ईमजेन्सी सेवा नरोक्न सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको त्रासमा अन्य अत्यावश्यक सेवाहरु बन्द नर्गन अस्पतालहरुलाई आग्रह गरेका छन् ।
कोभिड १९ सम्बन्धीको नियमित ब्रिफिङमा देवकोटाले विभिन्न अस्पतालले बिरामीहरुलाई कोरोनाको त्रासमा उपचार गर्न नमानेक कुराहरु बाहिर आएको र आगामी दिनमा यस्ता कार्य फेरि नदोरिहने आशा गरेको बताएका छन ।
कोभिड १९ बाहेको अन्य रोगमा पनि ज्वारो आउने र समयमा उपचार नपाउँदा बिरामीले अकालमै ज्यानु गुमाउनु पनि सक्ने हुनाले यस्तो कार्य नगरदिन उनले बताए ।
यदि कोरोनाको लक्षण देखाएका बिरामी छन् भने उनीहरुलाई एउटा सर्जिकल गाउन, मास्क र पन्जा लगाएर पनि पुग्ने मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले बताए ।
उनी भन्छन्,‘सबै कोरोनाको काराण बिरामी भएको त्रास मुक्ति गराउन जरुरी छ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.