सुरक्षित खाद्यान्न आपूर्ति गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग

  २०७६ चैत १७ गते १२:१७     विकासन्युज

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं ५ ले लकडाउनको समयमा सुरक्षित रुपमा खाद्यान्न तथा तरकारी आपूर्तिको माग गरेको छ । मञ्चका अध्यक्ष तेजकुमार पाठकले एक विज्ञप्ति जारी गर्दै अहिले कोरोना भाइरसको सङ्क्रमणको समयमा गरिएको लकडाउनका कारण बाहिरबाट आयात गरिएको र स्वदेशमै उत्पादन भएको तरकारी सडेर जाने अवस्था आएको भन्दै सुरक्षित आपूर्तिको व्यवस्था गर्न प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेको छ ।

अध्यक्ष पाठकले अहिले स्वदेशी उत्पादनलाई अवरुद्ध गरी विदेशी तरकारी फलफूल आयात गरी केही व्यापारीको मिलेमतोका आधारमा एकाधिकार गरेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको छ । यस्तो संवेदनशील अवस्थामा प्रदेश नं ५ को कृषि मन्त्रालयको समन्वयमा स्थानीय सरकारहरुले आपूर्तिका लागि कृषि उपज खरिद र भण्डारण गरी सहज रुपमा आपूर्ति गर्न विज्ञप्तिमार्फत सुझाव दिइएको छ ।

मित्र राष्ट्र तथा सङ्घीय सरकारबाट आउने सहयोग सामग्री पिपिई, मास्कलगायतका सामान वितरण गर्दा सरोकारवालाले पाउन सक्ने गरी पारदर्शी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.