२०७६ फागुन १२ गते १८:४३ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंकले मृतकका परिवारलाई निक्षेप बीमा वापतको ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । बैंकले पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्वर्गीय राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा बिमितले पाउने उक्त रकम नीजको परिवारलाई हस्तान्तरण गरेको हो ।
बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले साेमबार स्वर्गीय राजु गिरीको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले २७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.