२०७६ फागुन ७ गते १२:०१ विकासन्युज
काठमाडौं । गण्डकी विकास बैंकले पोखरा विरौटामा रहेको बालोदय टोल विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ । बालोदय टोल विकास समितिका अध्यक्ष गुरुप्रसाद गुरुङले आफ्नै टोल छेउमा आई सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी टोललाई समृद्ध बनाउन बैंकले खेलेको भूमिका प्रति आभार व्यक्त गरेका थिए ।
टोल विकास समितिका सल्लाहकार तथा बालोदय बोर्डिङ स्कुलका संस्थापक प्राचार्य दुर्गा पंगेनीले बैंकको भूमिका प्रति आफु सन्तुष्ट रहेको धारणा राखे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले स्वागत मन्तव्य राखे भने गण्डकी विकास बैंक, विरौटा शाखाका प्रबन्धक शिववहादुर कार्कीले सञ्चालन गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.