२०७६ फागुन ४ गते १४:५१ विकासन्युज
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको हटिया एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त काउन्टरको उद्घाटन मकवानपुर जिल्लामा हेटौंडा उप-महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले गरेका हुन् ।
यस काउन्टरको उद्घाटन पछि प्रदेश नम्बर ३ मा ६ वटा शाखा कार्यालयहरु र एक वटा एक्सटेन्सन काण्न्टर संचालनमा आएको संस्थाले जानकारी गराएको छ ।
यसका साथै ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेको यस संस्थाको प्रदेश नम्बर एकमा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर ५ मा ३ वटा शाखा कार्यालयहरु रहेका छन् ।
संस्थाले ४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ५७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । २०७६ पुस मसान्तसम्ममा ३ करोड १२ लाख रुपैयाँ संचालन मुनाफा गरेको संस्थाले जानकारी गराएको छ । यस वित्तीय संस्थाको चुक्तापुँजी ८० करोड रुपैयाँ तथा जगेडा कोषमा २३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.