२०७६ माघ २२ गते १९:४३ विकासन्युज
काठमाडाैं । कोरोना भाइरसको प्रकोप बढेसँगै त्यसकाे असर कच्चा तेलको व्यापारमा परेको छ । यसकाे प्रकाेपले कच्चा तेलकाे मागमा गिरावटका आएको जनाइएको छ ।
तेलकाे माग घटेसँगै यसको मूल्यमा पनि गिरावट आएको छ । कोरोना भाइरसको विश्वब्यापी संक्रमणमा आएको बिस्तारसँगै पछिल्लो समयमा विश्व पर्यटनमा सबैभन्दा बढी टेवा पुर्याइरहेका चीनियाँ नागरिकहरुको यात्राविश्वभरी प्रतिबन्धीत जस्तै बनेको छ ।
यसैगरी चीनमा शैक्षिक संस्थाहरु, कार्यालय, कर्पोरेट संस्था तथा कलकारखना बन्द हुँदा प्रतिदिन १४ करोड ब्यारल पेट्रोलियम पदार्थ खपत गर्ने चीनको दैनिक खपत दरमा ठूलो मात्राले कमी आएको छ । चीन संसारमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको खपत गर्ने दोश्रो राष्ट्र हो ।
कोरोना भाइसरको प्रकोपसँगै विभिन्न देशहरुले चीनसँगको हवाइ सम्पर्कलाई स्थगित गरेका र चीन भित्रकै विभिन्न प्रान्तहरुबीच कायम गरिएको यात्रा प्रतिबन्धका कारण सबैभन्दा ठूलो नकारात्मक असर हवाइ इन्धनको बिक्रीमा देखिएको छ । जुन अझै बढ्दै जाने सम्भावना रहेको छ ।
ब्लुम्बर्गको एक रिपोर्टअनुसार हाल चीनमा कच्चा तेलको माग २० प्रतिशतले घटेको छु जुन बेलायत र इटालीले संयुक्त रुपमा एक दिनमा खपतगर्ने कच्चा तेलको जम्मा परिमाण बराबर हो ।
कच्चा तेलमा आएको गिरावटले विश्व अर्थतन्त्रमा कस्तो असर गर्ला ?
कच्चा तेलमा आएको भारी गिरावटले चीनको ब्यापार गतिविधीमा मन्दी ल्याउने छ । जसको कारण पछिल्लो तीन दशकयता सुस्त भएको चिनिया आर्थिक बृद्धिलाई थप निस्तेज पार्नेछ । कोरोना भाइरसको प्रकोपको कारण चीनको आर्थिक वृद्धि सुरुका तीन महिनासम्म ५ प्रतिशतभन्दाकम रहने जनाएका छन् ।
चीन हाल विश्वको सबैभन्दा दोश्रो ठूलो अर्थतन्त्र हुनुका साथसाथै विश्व ब्यापी आर्थिक बृद्धिको प्रमुख बाहक हो । यस राष्ट्रको अर्थतन्त्रमा पर्ने कुनै पनि नकारात्मक प्रभावका कारण विश्वको कुनै पनि अर्थतन्त्र अछुतो नरहने विश्लेषकहरुले बताएका छन् ।
ठूला तेल उत्पादक राष्ट्र सदस्यहरुले थप उत्पादन कटौतीगर्नका लागि गृहकार्य गरिरहेको जनाइएको छ । त्यसो त अन्तर्राष्ट्रिय बजारमा तेलका मूल्यमा आएको गिरावटका कारण उनीहरुले सन् २०१६ देखि नै पेट्रोलियम पदार्थको उत्पादनलाई कम गर्दै आइरहेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.