२०७६ माघ २२ गते ११:३७ विकासन्युज
काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार बाँकेस्थित न्यूरोड नेपालगञ्ज शाखा र बीपी चोक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर सुश्री उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले गरेका हुन् ।
त्यस्तै, बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा गरेका थिए ।
बैंकले न्यूरोड नेपालगञ्ज शाखा पुस १६ गते र बीपी चोक शाखा भदौ ९ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा दिंदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.