प्रभु बैंकले कमायो ६२ करोड नाफा

  २०७६ कार्तिक २५ गते ११:१३     विकासन्युज

काठमाडौं । प्रभु बैंकले चालु आवको पहिलो३ महिनामा ६२ करोड नाफा कमाएको छ । बैंकले चालु आवको यस अवधिमा ६२ करोड ८४ लाख नाफा गरेको हो । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिस्कृत वित्तिय विवरण अनुसार वितरण योग्य नाफा भने ५ करोड ५७ लाख रुपैंयाँमात्रै रहेको छ ।

८ अर्ब ८९ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । साउनदेखि असोजसम्मको यो अवधिमा बैंकले १ खर्ब ६ अर्ब ४६ करोड निक्षेप संकलन गरेर ९१ अर्ब ६८ करोड कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ७७.८१ प्रतिशत कायम भएको छ ।

बैंकको स्प्रेड दर ५.१५ प्रतिशत छ भने खराब कर्जा ३.३२ प्रतिशत पुगेको छ । बैंकको आधार ब्याजदर ९.२४ प्रतिशत र कस्ट अफ फण्ड भने ६.१५ प्रतिशत छ । प्रभु बैंकको प्रति सेयर आम्दानी २८.२७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६७.१२ रुपैयाँ छ । बैंकको प्रति सेयर मूल्य २८० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.