२०७६ असोज २९ गते १७:५५ विकासन्युज
काठमाडौं । ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनो टू एफ सार्वजनिक गरेको छ । रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँसंस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध गरिएको छ ।
‘रेनो सिरिजको रचनात्मक स्पिरिट (भावना)लाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकतामा थप मार्ग प्रशस्त गर्दै नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्नेछ ।’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने–‘यसमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका समुन्द्री किनारहोस् वा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमायसले उत्कृष्ट प्रदर्शनीदिने क्षमता राख्छ ।’
ओपो रेनोटू एफमाकम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपीपोट्रेट लेन्स रहेका छन् । अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।
ओपो रेनोटू एफले अदृतियतस्विर खिच्न सघाउनुका साथै यसमा समान भिडियो क्षमतापनि रहेको कम्पनीले जनाएको छ । फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तो सुकै परिस्थितीमाउत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमतापनि उत्तिकै सटिक छ ।
ओपोले नेपालमा रेनोटू एफलाई “लेक ग्रिन” र “स्काइ ह्वाइट” गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । रु. ४६,९९०÷(मूल्य निर्धारण गरिएको रेनोटू एफ अक्टोबर १८ मा काठमाडौंको न्यूरोड स्थित आधिकारिक शोरुममा आयोजना गरिने फस्र्ट सेल लगतै देशभरका प्रमुख बिक्रि मार्फत उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।
सोहीदिन आधिकारिक शो(रुम मार्फत रेनो टू एफ खरिद गर्ने उपभोक्ताले नायिका स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेटी उनीद्वारा हस्ताक्षर गरिएको फोनका साथै विशेष उपहारपनि प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.