महालक्ष्मी विकास बैँकको १७.८९ प्रतिशत लाभांश घोषणा, ८ प्रतिशत बोनस सेयर

  २०७६ असोज २३ गते १५:१६     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक संचालक समितिले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश दिने निर्णय गरेको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार महालक्ष्मीले गत आर्थिक वर्ष २०७५/७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एन.एफ.आर.एस) अनुसार वासलात तयार पारेको हो । बैंकको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. ३२ अर्ब ५६ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.