२०७६ भदौ २६ गते १०:२५ विकासन्युज
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा ४ विधेयक दर्ता गराएका छन् । अर्थमन्त्री खतिवडाले बुधबार विधेयकहरु दर्ता गराएका हुन् ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संसोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (बाफिया)लाई संसोधन गर्न बनेको विधेयक र सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयय संसदमा दर्ता गराएका हुन् ।
संसदमा दर्ता भएको विधेयक छलफल तथा संशोधनका लागि सम्बन्धित समितिहरुमा जाने संसद सचिवालयले जनाएको छ ।
पूर्णपाठ पढ्नुहोस् :
Copyright © 2024 Bikash Media Pvt. Ltd.