चाडपर्वमुखी विभागको अनुगमन प्रणाली, दैनिक उपभोग्य सामानमा ध्यान दिन आग्रह

  २०७६ भदौ ५ गते १८:५१     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजार अनुगमन प्रणाली न्युन हुनुका साथै चाडपर्वमुखी रहेको भन्ने उपभोक्ताको गुनासो रहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भएको पत्रकार सम्मेलनमा महानिर्देशक योगेन्द्र गौचनले गत वर्ष २८ सय बजार अनुगमन गर्ने लक्ष्य रहेपनि १६६१ सय वटाको मात्र अनुगमन गर्न सफल भएको बताए ।

जसमध्ये १६१ वटा कारबाही गरेका हुन् । यस क्षेत्रमा अधिकार प्राप्त मान्छेको अभावमा निर्देशनात्मक अनुगमन गर्न विभाग सफल नभएको कुरा स्वीकार गरेका छन् । विभागले २०७६ साल साउन महिनामा मात्र २५ अनुगमन टोलीले कुल व्यवसायिक फर्महरुको संख्या ८४ संख्या अनुगमन गरेका थिए जसमा ४१ वटा फर्मबाट ३ लाख ३७ हजार रुपैयाँ जरिवाना रकम उठाएका महानिर्देशक गौचनले जानकारी दिएका हुन् ।

व्यवसायिक २४ वटा फर्मको स्पष्टिकरण माग गरिएको छ भने ३ वटा सिलबन्दी गरिएको जनाएका छन् । जसमध्ये ५वटा फर्मको भने गुणस्तर परिक्षणका लागि नमुना पठाइएको र एउटा कारबाहीक लागि मुद्धा दायर गरिएको विभागले जानकारी दिएको छ । आम उपभोक्ता राज्यवाट पाउने राहतको महसुस गर्न नपाएको बीच विचौलियाले गर्दा दैनिकी उपभोग्य वस्तु उपभोग गर्न सर्वसाधारण जनता मारमा परिरहेको उपभोक्ताको गुनासो रहेको छ ।

दशै नजिकिदै गर्दा खाद्यान्नमा हुने मूल्य वृद्धि तथा खसीबोका उत्पादनको कमी भएसँगै जनता ढगिमा सरकारको नीतिकै कारण समस्या भोग्नु परेको उपभोक्ताको गुनासो रहेको छ । यस वर्ष दशैका लागि नेपालमा २५ प्रतिशत मासु उत्पादन हुने हुँदा यसपालि पनि मासुको समस्या उत्पन्न हुने उपभोक्ताको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.