सरकारले भूमिहिन सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने

  २०७६ भदौ ३ गते १९:०४     विकासन्युज

काठमाडौं । सरकारले भूमिहिन सुकुम्बासी वा अव्यवस्थित बस्तीलाई जग्गा उपलब्ध गराउने भएको छ । भूमि सम्बन्धि विधेयक २०२१ लाई संशोधन गर्दै सरकारले कम्तिमा १० वर्षदेखि बसोबास गरी आएका भूमिहिन सुकुम्बासी वा अव्यवस्थित बसोबासीलाई एक पटकका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

सुकम्बासी बसोबार गर्दै आएका स्थानमा बसोबासका लागि तोकिएको क्षेत्रफलमा हद नबढ्ने गरी जग्गा उपलब्ध गराउने भएको छ । सुकुम्बासीले उपभोग गर्दै आएको जग्गा वन क्षेत्र जनिएता पनि हाल भने आवादी भएको हुनुपर्ने छ ।

भूमिहिन सुकुम्बासी वा अव्यवस्थित बसोबासीले तोकिएको क्षेत्रफभन्दा बढी जग्गामा बसोबास वा आवाद गरी आएको अवस्था रहेछ भने सो जग्गा अन्य सुकुम्बासीलाई उपलब्ध गराउने व्यवस्था गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए । ‘प्रतिनिधि सभाले आज पास गरेको उनले जानकारी दिए । ऐनले भूमिलाई प्रयोग अनुसार छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.