यातायात व्यवस्था विभागमा आए हमाल, कति समय टिक्लान ?

  २०७६ भदौ ३ गते ९:३९     विकासन्युज


काठमाडौँ । यातायात व्यवस्था विभागको महानिर्देशकमा गोगनबहादुर हमाल नियुक्त भएका छन् । यसअघिका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएपछि हमाल नयाँ महानिर्देशकको जिम्मेवारीमा आएका हुन् । महानिर्देशक हमाललाई कर्मचारीहरुले सोमबार स्वागत गरेका छन् भने सोमबारबाटै जिम्मेवारी सम्हालेका छन् ।

हमाल सन् २०१४ देखी २०१७ सम्म यातायात व्यवस्था विभागमा मेकानिकल इन्जिनियरका रुपमा कार्यरत थिए । एक बर्षअघि सहसचिवमा नाम निकालेपछि सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा उनको पोस्टिङ भएको थियो । केही समय अघि उनी भौतिक पूर्वाधारमा सरुवा भएर आएका थिए ।

तत्कालीन महानिर्देशक दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँगको मतभेदका कारण ३ महिनामै सरुवा भएका थिए । भर्खरै महानिर्देशकको जिम्मेवारी पाएका हमाल र मन्त्री महासेठको मत कत्तिञ्जेल मिल्ला यसै भन्न सकिदैन ।

मन्त्री महासेठकै कार्यकालमा विभागको महानिर्देशक रुपनारायण भट्टराई, प्रेमकुमार सिंह, लावण्य ढकाल र पछिल्लो पटक कुमार दाहाल धेरै टिक्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.