पाचौं व्यवस्थापन तथा आईटि शैक्षिक मेला साउन १२ गतेदेखी हुँदै

  २०७६ साउन ९ गते १५:५५     विकासन्युज

काठमाडौं। नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराको साथ पाचौं व्यवस्थापन तथा आई.टि सम्बन्धी शैक्षिक मेला हुने भएको छ। पाठशाला एजुकेसन फाउन्डेशनले यही आउने आईतबार साउन १२ र १३ गते काठमाडौंको बानेश्वोर स्थित हिरा ब्यान्क्वेटमा शैक्षिक मेला आयोजना गर्न लागेको हो।

मेलामा व्यवस्थापन र आईटी सम्बन्धी ३३ वटा शैक्षिक संस्थाहरुको सहभागीता र ४४ वटा भन्दा बढी स्टलहरु रहनेछन्। २ देखी ४ हजार विद्यार्थीहरुले मेलाको अवलोकन गर्ने अपेक्षा राखिएको आयोजकले बताएको छ। आयोजकले नेपालमै व्यवस्थापना तथा आई.टि तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तरराष्ट्रिय डिग्री हाँसिल गर्न सकिन्छ भन्ने कुरामा ५ बर्ष देखी जोड दिंदै आएको छ। यस बर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमश : पोखरा विश्वविद्यालय गरी ५ वटा नेपाली विश्वविद्यालयका कलेजहरु, २ वटा सि।े र १ अन्य अध्यापन गराउने संस्थाहरु र युके, मलेशिया, अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ९ वटा विश्वविद्यालयको सहभागीता रहने आयोजकले बताएको छ।

पाठशाला एजुकेसन फाउण्डेशनद्वारा आयोजित मेलाको टाईटल स्पोन्सरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज रहेको छ भने किङ्स कलेज, नामी कलेज, टेक्सस कलेज र आईआइएमएस कलेजको सहकार्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.