राष्ट्रिय वाणिज्य बैंकको रक्तदान तथा सरसफाइ कार्यक्रम सम्पन्न

  २०७५ माघ ४ गते १६:०२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सबमा बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान तथा केन्द्रीय कार्यालय परिसर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरेका थिए ।

बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भएका छन् । साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिताको पनि आयोजना गरिरहेको छ ।
बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा माघ ५ शनिबार गते बिहान ७ः३० बजे वित्तीय चेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.