२०७५ पुष २७ गते १५:४१ विकासन्युज
काठमाडौं। दिनदिनै जाडो बढ्दै छ र यो अहिले प्राय मानिसको तनावको बिषय बनेको छ। जाडो मौसम सुरु भएलगत्तै हामी सबैलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ। यो जाडो मौसममा प्राय सबैमा देखिने समस्या हो। जाडो मौसममा के खाने भन्ने कुरामा धेरै अन्विज्ञ छन्। त्यसैले पनि मानिसहरु आफ्नो शरीरलाई तागत दिने कुराको थाहा नभएर बिरामी पर्ने गरेका छन्। त्यसैले जाडो मौसममा खाने कुरा ध्यान दिन एकदमै जरुरी छ।
एकदम बढी चिसोले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाईरहेको हुन्छ। त्यसैले यस मौसमा जिंक पर्याप्त भएका खानेकुरा जस्तै छा, अन्डा र चिज पनि खानुपर्छ । यस्तै, स्वस्थ र सक्रिय प्रतिरक्षा प्रणालीका लागि शरीरलाई आइरन पनि उत्तिकै आवश्यक छ । यसबाहेक बी– १२ पर्याप्त भएका खानेकुरा निरन्तर रुपमा खान जरुरी छ। यो समयमा तातो झोल पदार्थहरुलाई हामीले प्राथमिकतामा राख्नुपर्छ।
जाडो मौसममा शरीरलाई न्यानो राख्न धेरै शक्ति चाहिन्छ । यसका लागि पर्याप्त मात्रामा कार्बोहाइड्रेट अथवा शक्तिबद्र्धक खाना खानुपर्ने चिकित्सकको सुझाव छ । शरीरलाई जाडो मौसममा धेरै पोषणको आवश्यकता हुन्छ।
यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरूबाट लड्न सहायता मिल्ने गर्दछ ।
१. च्याउ : च्याउले तपाईंको प्रतिरक्षा प्रणालीलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ।
२. लसुन : चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।
३. चिकन सुप : चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।
४. पालुङगो : पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।
५. गाजर : चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।
६. कोको : काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन ।
७. मरिच : चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।
८. अदुवा : चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।
९. दही : दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला ।
१०. चिया : चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरू चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.