किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनसपछि १०० प्रतिशत हकप्रद दिने

  २०७५ मंसिर ११ गते ९:०४     विकासन्युज

काठमाडौं । किसान माइक्रोफाइनान्सले २९ प्रतिशत बोनस र १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त प्रयोजनको लागि बैंकले आगामी पुस ७ गते साधारणसभा बोलाएको छ । कैलालीस्थित आफ्नै भवन निर्माण स्थल परिसरमा बोलाइएको साधारणसभामा माइक्रोफाइनान्सले कर प्रयोजनका लागि १.५३ प्रतिशतले हुन आउने ७ लाख ३३ हजार रुपैंया बराबरको नगद लाभांशका साथसाथै १ करोड ३९ लाख ३४ हजार बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

उक्त बोनस शेयरपछि हुन आउने १७ करोड २० लाख चुक्ता पुाजीको बराबर हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । यसो गर्दा फाइनान्सको चुक्ता पुजी ३४ करोड भन्दा बढी पुग्नेछ ।

साधारणसभा तथा बोनस र हकप्रद शेयर प्रयोजनका लागि माइक्रोफाइनान्सले २९ गतेका लागि बुक क्लोजको दिन तोकेको छ । उक्त हकप्रद र बोनसका लागि शेयरधनीले मंसिर २८ गतेसम्म शेयर सुरक्षित गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.